काठमाडौं । इटालियन सुपर कप फुटबलको उपाधि एसि मिलानले जितेको छ ।

आउदी अरेबियामा सोमबार राति भएको खेलमा एसि मिलानले इन्टर मिलानलाई ३–२ गोलले हरायो । खेलमा क्ष्नटर मिलानले सुरुवाति अग्रता लिएपनि दोश्रो हाफमा सम्हालिन नसक्दा खेल एसि मिलानले जित्यो ।खेलमा सुरुवाती अग्रता इन्टरले लिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै इन्टरले अग्रता लिएको थियो साथै खेलको ४७औँ मिनेटमा तारेमीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए पनि दोस्रो हाफमा इन्टर सम्हालिन नसक्दा उपाधी एसि मिलानले हात पारेको हो ।खेलको ५२औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै एसि मिलानलाई खेलमा फर्काउने प्रयास गरे ,८०औँ मिनेटमा पुलिसिकले गोल गरेसंगै खेल बराबरी भयो । दोस्रो हाफको इन्जुरी समयमा अब्राहमले गोल गर्दै एसि मिलानलाई रोमाञ्चक जित दिलाएकाहुन ।

 

एसि मिलानले सन् २०१६ मा पहिलो पटक इटालियन सुपर कप जितेको थियो,आठ वर्षपछि मिलानले पुःन उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय