काठमाडौं । आईसीसी यू–१९ महिला टी२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसंग ५ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् ।नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक–एक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो ।टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो ।नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, सोनी पाख्रिन ०, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३, अनु कडायत ० रनमा आउट भए ।बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउट भए ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय