काठमाडौं । गण्डकी हिरोजले केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको हो । शुक्रबार भएको फाइनल खेलमा १ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाउदै जित निकालेको हो । च्याम्पियन गण्डकीले १० लाख रुपियाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०/२० हजार रुपियाँ प्राप्त गरे ।

चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा बागमतीबाट चार र अन्य प्रदेशबाट दुईदुई क्लबको गरि कुल १६ टिमको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय