काठमाडौं । दोश्रो उपत्यका ब्यापी अन्तर पालिका गोदावरी मेयरकप फुटबल प्रतियोगिता २०८२ मा चन्द्रागिरि पहिलो चरणबाटै बाहिरिएको छ ।
गोदावरी बहुउद्देश्यीय रंगशालामा शनिबार भएको खेलमा चन्द्रागिरि नगरपालिका दक्षिणकाली नगरपालिकासंग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफको १८ औं मिनेटमा दक्षिणकाली नगरपालिकाका जर्सी नम्बर १७ का सानुकान्छा तामाङ्गले चन्द्रागिरि बिरुद्ध पहिलो गोल गरे । चन्द्रागिरिका गोलकिपर सुशान्त घिमिरेको गल्तिको फाइदा उठाउदै तामाङ्गले हेड मार्फत गोल गरेका हुन । खेलको ३३ औ मिनेटमा सानुकान्छा तामाङ्गले नै हेड मार्फत दोश्रो गोल गरे । पहिलो हाफमा २–०ले पछि परेको चन्द्रागिरि नगरपालिकाले दोश्रो हाफको दोश्रो मिनेटमानै चन्द्रागिरिका जर्सी नम्बर १५ का आयुष्मान श्रेष्ठले गोल फर्कएपनि चन्द्रागिरिका लागि त्यो पर्याप्त हुन सकेन ।बाँकी समयमा कुनै गोल हुन नसक्दा चन्द्रागिरि नगरपालिका, दक्षिणकाली नगरपालिका संग २–१ गोल अन्तरले पराजित भएको हो ।
आजको खेलमा दक्षिणकाली नगरपालिकाका सानुकान्छा तामाङ्ग म्यान अफ द म्याच घोषित भए ।

