काठमाडौं । थानकोट जेसिसल नेपाल जेसिस ‘ग’ को क्षेत्रगत सम्मेलन गर्दै छ ।
जेठ १६ र १७ गते दुई दिन चन्द्रागिरि नगरक्षेत्रमा सम्मेलन गर्न लागेको हो । चन्द्रागिरि ७ स्थित ग्रीन ब्याङ्क्वेटमा सम्मेलन आयोजना गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।थानकोट जेसिसको स्थापनाको २५ औं बर्षगाँठमा सम्मेलन आयोजना गर्ने अवशर मिलेको हो । कार्यक्रम,नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा हुने छ । सम्मेलनमा संबिधान बिद डा.भिमार्जुन आचार्य,कलाकार दिपकराज गिरी,ई गर्भनेनसका सिईओ दिपक बिष्टले थिम स्पिकरको रुपमा प्रस्तुती दिनेछन । सम्मेलनमा ‘ग’ क्षेत्र गत ३८ वटा शाखाका सहभागि र अन्य गरि ६ सय जना युवायुवतीको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।सहभागिहरुलाई चन्द्रागिरि नगर क्षेत्र अन्तरर्गत थानकोटका ऐतिहासिक स्थल तथा मठमन्दिर भ्रमण गराउने र नेवाः संस्कृती संग परिचित गर्नुका साथै नेवारी भोजमा सरिक गराइने छ । साथै चन्द्रागिरि हिल्स र वडा नम्बर १ स्थित काजी कालु पाँडेको समाधी स्थल पुर्याउने योजना रहेको छ । नेतृत्व, व्यत्तीत्व बिकासका साथै चन्द्रागिरि नगर क्षेत्रमा रहेका ऐतिहासिक,धार्मीक, सास्कृतिक स्थलको अवलोकन गराई पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमका लागि ५० लाख रुपैया खर्च हुने जनाएको आयोजकले दुई दिनको सहभागिताका लागि प्रति ब्यक्ति ६ हजार चार सय रुपैयाँ शुल्क तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय