काठमाडौं । प्रथम मातातीर्थ इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
ई–प्लानेट इन्टरनेशनलको शीर्षक प्रायोजनमा मातातीर्थ क्रिकेट क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।चन्द्रागिरि –७ स्थित गणेशमान फुटसलमा असार ४ गते देखि ७ गते सम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा नेपालभरिबाट सहभागिता जनाउन सकिने र सहभागिताको लागि १० हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।प्रतियोगितामा प्रथमहुने टिमले ७० हजार रुपैया नगद,शिल्ड,मेडल र दोश्रो हुने टिमले ३० हजार रुपैयाँ नगद सहित शिल्ड,मेडल,प्रमाणपत्र प्राप्त गर्नेछन । प्रति पक्ष ७ खेलाडीहरू सम्मिलित हुने खेल १० ओभरमा खेलाइने आयोजकले जानकारी दिएको हो ।
प्रतियोगितामा सहभागी टोलीहरूले आफ्नो निर्धारित खेलको कम्तिमा ३० मिनेट अगाडि रिपोर्ट गर्नुपर्ने ,सबै खेलाडीहरू उचित क्रिकेट गियर वा टोली जर्सीमा हुनुपर्ने,निष्पक्ष खेल र खेल भावनाबाट प्ररित रहेको हुनुपर्ने,अम्पायरहरूले गरेका सबै खेल निर्णयहरू अन्तिम र बाध्यकारी हुने नियम पनि आयोजकले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय