काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आर्थीक बर्ष २०८२/८३ को बजेट प्रश्ताव भएको छ ।
नगरपालिकाको १६ औं नगरसभाको दोश्रो बैठकमा आर्थीक बर्ष २०८२/८३ का लागि २ अर्ब ९३ करोडको बजेट प्रश्ताव भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधीले बहिस्कार गर्दा नगर क्षेत्रमा भने तरंग आएको छ ।आर्थीक बर्ष २०८१/८२ मा करिव २ अर्ब ८१ करोडको बजेट बनाएको नगरपालिकाले बिभिन्न महत्वाकाक्षी योजनाहरु पनि अघि बढाएको थियो । जस्मा ५ वटा,डेढ करोड बजेट सुनिश्चितता सहितको नगर गौरवका आयोजनाहरु समेटिएको थियो । तर ति आयोजनाका कार्य कुनै अघि बढन सकेन । साथै नगरपालिकाले उपभोक्ता समिति मार्फत गराउने कार्यको भुक्तानीका बिषयमा प्रथमिकताका आधारमा सके यो बर्ष,नसके अर्को बर्ष भुक्त्तानी दिने भन्ने तमसुक बनाउन थालेपछि एमाले यस्ता कर्म गर्न नहुने अडानमा पुगेको हो ।आर्थीक बर्ष २०८२/८३मा २ अर्ब ९३ करोड बराबरकोे बजेट बनाउने तयारीमा काग्रेसबाट निर्वाचित नगरप्रमुखको टोली रहेको छ भने एमाले बाट निर्वाचित उपप्रमुख सहितको टोली २ अर्ब ५० करोड भन्दा माथीको बजेट बनाउन नहुने अडानमा छ । भरपर्दौ श्रोत अनुमान गरेरमात्रै बजेट बनाउनु पर्ने एमालेको भनाई छ । साथै वडामा पठाइने प्रश्तावित बजेट सिलिङमा पनि एमालेको चित्त बुझेको छैन । नगर उपप्रमुखको संयाजकत्वमा रहेको राजश्व परामर्श समितिले करिव ६६ करोड राजश्व उठने प्रक्षेपण गरेको र त्यस्को ३ गुणा बढी सम्मको राज्श्व प्रक्षेपण गरि बजेट बनाउनु पर्नेमा हचुवामा १ सय २५ प्रतिशतको घाटा बजेट बनाएको एमालेबाट निर्वाचित जनप्रतिनिधीको धारणा रहेको छ । यत्ता,नगरप्रमुख घनश्याम गिरीले भने बिगत ८ बर्ष देखिनै नगरपालिकाले घाटा बजेट बनाइरहेको बताए । राजश्व बढी उठाउन के कस्ता उपय अपनाउनु पर्नेहो भन्ने बिषयमा जिम्बेवारी लिएको एमाले बाट निर्वाचित उपप्रमुख नेतृत्वको टोलीले राजश्व उठाउने जिम्बेवारीबाट पन्छिदै बजेटको आकार घटाउने कुरा गर्नु उपयुक्त र सान्दर्भिक नभएको उनले बताए ।उनले भने–‘बजेट बनाउने हो,पैसा आए काम हुन्छ नभए हुदैन’। यसपालिको बजेटले शिक्षा,स्वास्थ्य सरसफाई र खानेपानी क्षेत्रलाई प्रथमिकतामा राखेको बताउदै नागरिकका आधारभुत आवश्यकता पूर्ति गर्ने बिषयमा बजेट केन्द्रित रहेको उनले जानकारी दिए । संघियता लागु भएपछि र स्थानिय तहको निर्वाचन पश्चात नगरपालिकामा भएका जनप्रतिनिधी बिच बजेट निर्माण र बाँडफाँडको तिक्तता शुरु देखिनै नभएको होइन तर सतहमानै आएको भने संभवत यो पहिलो पटक हो । नगरपालिकाको नेतृत्व काग्रेसबाट निर्वाचित नगरप्रमुख घनश्याम गिरीले गरिरहेका छन उनको यो दोश्रो कार्यकाल हो ,भने उपप्रमुखमा एमाले बाट निर्वाचित बसन्ती श्रेष्ठ छिन । आजका दिनसम्म नगरप्रमुखले नगरपालिकाका अन्य जनप्रतिनिधीको असन्तुष्टीका लाई पनि मिलाइर लगेका थिए । तर आजको घटनाले भने अन्य दलका जनप्रतिनिधी पनि नगरमा छन है र नगरप्रमुखको मनोमानी अब चल्न दिदैनौ भन्ने सन्देश दिएको राजनितिक जानकार बताउछन ।
आजको दिनको अन्तर्य भने नगरपालिका क्षेत्रमा एमाले नेतृत्व परिवर्तन मुख्य रहेको देखिन्छ ।पछिल्लो समय एमाले नगरकमिटिको नेतृत्व, २०७९ को निर्वाचनमा मेयरमा पराजित भएका उत्तम बहादुर राउतले सम्हाले संगै उनले नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधी पनि छन नगरप्रमुखको मनोमानी मात्रलाई चल्न नदिने रणनितिमा रहेको देखिन्छ । जस्लाइ हुबहु साथ दिएका छन एमालेबाट निर्वाचित जनप्रतिनिधीले । त्यसोत प्रश्तावित बजेट बहुमत संख्याले पारितहुनेमा दुईमत छैन ।यद्धपी आज नगरपालिकामा देखिएको दलगत असहमतिले भने राजनैतिक तरंग भने अवश्य ल्यायको छ ।

