काठमाडौं ।चन्द्रागिरि नगरपालिका स्थित विद्युत प्राधिकरण चोकमा “Motherland Film Academy” को कार्यालय खुल्ने भएको हो ।
अभिनय,निर्देशन, छाँयाङ्कन,सम्पादन, सर्ट मुभि मेकिङ्ग लगायतका फिल्मसंग सम्बन्धीत सम्पुर्ण कार्य हुने गरि कार्यालय स्थापना गर्न लागिएको निर्देशक सुनिल श्रेष्ठले जानकारी दिए ।
साथै स्वास्थ्य, शिक्षा, चलचित्र, कला तथा सामाजिक विकासको क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएका सामाजिक संस्था “जागौं युवा परिवर्तनको लागि“को कार्यालय पनि स्थापना हुने भएको हो ।

आगामी भदौ २१ गते शनिबार दुबै संस्थाको कार्यालयको उद्घाटन चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले गर्ने तालिका तय भएको ‘जागौं युवा परिवर्तनको लागि’का अध्यक्ष बिक्रम महर्जनले जानकारी दिए ।
उद्घाटन शनिबार बिहान १० बजे हुनेछ ।

