काठमाडौं ।चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिभिन्न बहानामा पाउदै आएको भत्ता प्रमुख प्रशासकीय अधिकृतहरुले हटाइदिने गरेको गुनासो गरेका हुन ।

अधिकृतहरु परिवर्तन भएसंगै सबैभन्दा पहिला कर्मचारी माथीनै हाबी हुने गरेको दुखोसो उनीहरुले काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीलाई पोखेका हुन ।कर्मचारीको बृद्धि विकास र सक्रियतालाई अघि बढाउन चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख र उपप्रमुख सकारात्मक भएपनि संघिय मन्त्रालयबाट खटि आउने प्रमुख प्रशासकीय अधिकृतले त्यसमाथी बकृदृष्टी लगाइदिएको उनीहरुको गुनासो छ । पहिलेका प्रमुख प्रशासकीय अधिकृत निरज सरले खाजा उडाई दिएको ,अर्का प्रमुख प्रशासकीय अधिकृत जिवन सरले स्थानीय भत्ता उडाईदिएको र अहिलेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले यातायात भत्ता उडाईदिएको भन्दै दुखेसो पोखेका हुन ।

https://www.youtube.com/watch?v=Lap31BDUa9c

यद्धपी नगरपालिकामा आज भएको एक औपचारीक कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले स्थानीय भत्ता उपलब्ध गराउने जिम्मा लिदै काम गर्न प्रेरित गरेको भन्दै खुशी ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय