काठमाडौं । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२०आई सिरिजको उपाधी जितेको छ ।
दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी–२०आई सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो ।नेपालको जितमा आदिल आलमले ४ ओभर बलिङ गरेका २४ रन खर्चेर ४ विकेट लिए ।कुशल भुर्तेलले ३, करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एकएक विकेट लिए । वेष्ट इन्डिजका ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए ।नेपालका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए ।सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए । कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए । बलिङमा वेष्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २्२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथी १९ रनको ऐतिहासिक जित दर्ता गरेको थियो । नेपाल र वेष्ट इन्डिजबिचको तेसो खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय