सम्वाददाताःगोबिन्द पाठक

काठमाडौं । लमजुङ बेँसीसहर–चामेस्थित सडक किनारमा रहेका अक्टोपस झरना पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका– ४ च्याम्चेमा रहेको यो सुन्दर झरना पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईमा परेको छ ।लमजुङ बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर गर्दै झरिरहेको छहरा छ। सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्ने यस छहराले पर्यटकको मन तान्न थालेको छ। तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि पार्दै तस्बिर लिने, सेल्फी खिच्नेको भीडभाड हुनेगरेको छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ। छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ। मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टाझैं झरेको अक्टोपस झरना हो । अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ ।

सवारी साधनमा मनाङ गएका पर्यटकसमेत त्यहाँ पुगेपछि एकैछिन भए पनि सवारी रोकेर झरनामा रमाउने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय