काठमाडौं ।चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष हेमराज ढकाल,चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी,उपप्रमुख बसन्ती श्रेष्ठ,सुरक्षा संयन्त्रका नगरस्तरीय प्रमुखहरु सहितले केवलकारको स्थलगत निरिक्षण गरेका हुन ।

भदौ २४ गतेको जेन–जी आन्दोलन पछि पहिलो पटक औपचारीक निरिक्षण गरिएको हो । आक्रमणको २ महिनापछि औपचारीक निरिक्षणका क्रममा चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष हेमराज ढकालले भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा चन्द्रागिरि हिल्स प्रा.लिको चन्द्रागिरि केवलकारमा पहिलाको टिम आएर तोडफोड,दोश्रो लुटपाट र तेश्रो आगजनी गरेको बताए ।उनले केवलकार समुदायको सम्पति,राष्ट्रको सम्पति भएको र चन्द्रागिरिको पहिचानको रुपमा स्थापित भइसकेको उक्त दिन बताउदै साढे ४ बजे आगजनी सुरु भएको र करिव ७ बजे स्थानीयहरु सहितको सहयोगमा आगजनी नियन्त्रणमा आएको भन्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । आन्दोलनका नाममा व्यवसायिक क्षेत्रमा श्रृखलाबद्ध रुपमा प्रहार भएको र हुदै आएको बताउदै आगामी दिनमा संरचना बचाउन,तोडफोड हिम्सात्मक गतिबिधी नदोहोरिन समुदाय स्तरसंग सहकार्य गर्नेमा जोड दिए ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकाको महत्वपूर्ण पर्यटकिय स्थानको रुपमा रहेको चन्द्रागिरि केवलकारमा भएको तोडफोड र आगजनी स्थानीयको सहयोगमा जोगाउन भरमजदुर प्रयास भएको बताए । उनले काठमाडौ जिल्लामा चन्द्रागिरि नगरक्षेत्रमा आन्दोलनका क्रममा सरकारी सम्पति ,निजी सम्पति र ब्यबसायिक क्षेत्रमा धेरै क्षति भएको बताउदै समग्र नगरपालिकालाई नै असर गरेको बताए ।उनले केवलकारमा भएको प्रहारले चन्द्रागिरि नगरक्षेत्रको राजश्व, स्थानिय व्यवसायी,सवारी चालक लगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको बताए ।

प्रहरी वृत्त थानकोट प्रमुख डिएसपी एलिजा गिरीले भदौ २३ को आन्दोलनमा आफु लगायत बानेश्वरको सुरक्षामा खटिएको र २४ गते आफ्नै वृत्त सहितका प्रहरी पोष्टहरुमा आक्रमण भएकाले सुरक्षा व्यवस्था शुनिस्चित गर्न नसकेको बताइन ।उनले चन्द्रागिरि केवलकार लगायतका बिभिन्न स्थानमा तोडफोड र आगजनी भएको सुचना पाएपनि आउन नसकेको भन्दै क्षमा मागिन । आक्रमणमा संलग्नहरुको पहिचान र लोकेशन ट्रेस गर्ने कार्य अघि बढाइसकेको बताउदै उनले सरकारी सम्पति,निजी सम्पति र ब्यबसायिक क्षेत्रमा बिधंम्स गर्ने जो कोहिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिन । हाल सम्म प्रहरी वृत्त थानकोट,प्रहरी प्रभाग बलम्वु र नागढुंगामा तोडफोड र आगजनी गर्ने ११ जना पक्राउ परिसकेको र उनीहरुमाथी आपराधिक उपद्रोमा मुद्धा दायर गरिसकेको जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय