काठमाडौं । चन्द्रागिरि नगरपालिकाका राजस्व क्षेत्रसँग सम्बन्धित कर्मचारीको क्षमता अभिवृद्धिका लागि २ दिने प्रशिक्षण कार्यक्रम बिहीबारबाट सुरु भएको हो ।

स्थानीय तहमा राजस्व परिचालनको वर्तमान अवस्था,सुधारको आवश्यकता,स्थानिय तहबाट संकलन गर्ने करका दायरालाई प्रभावकारी बनाउने उद्देश्यले कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम गरिएको हो । प्रशिक्षणको पहिलो दिनमा प्रशिक्षक दामोदर गिरीले नगरपालिकाले संकलन गर्ने कर के का लागि?कर अवधारणा कसरी आयो?कर निर्धारण गर्दा अपनाउनु पर्ने आधार र शिर्षक,नितिगत व्यवस्था र प्रभावकारी कर संकलनका लागि कर्मचारीको दायीत्व र आचरणात्मक व्यवहार लगायतका बिषयमा प्रशिक्षण दिएका हुन ।

नगरपालिकाले संकलन गर्ने व्यवसाय कर,बहाल कर, सम्पति तथा भूमिकर, मनोरञ्जन कर, विज्ञापन कर, सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना लगायतका बिबिध शिर्षक र त्यसलाई करको दायरामा ल्याउने प्रत्येक वडाको कार्ययोजना निर्माण सहित सो सम्बन्धी छलफल भएको हो । साथै आर्थिक ऐन, २०८२ मा भएको व्यवस्था र ऐन कार्यान्वयन गरिरहदाँ वडामा देखिएका समस्या र त्यस्को समाधानको बिषयमा समेत चर्चा गरिएको हो ।प्रशिक्षणको दोश्रो दिन महा लेखा नियन्त्रकको कार्यालय र software/softtech  का प्रतिनिधीले प्रशिक्षण दिनेछन ।

नगर उपप्रमुख बसन्ती श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा अतिथिहरुमा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी,राजस्व परामर्श समितिका सदस्य राजेन्द्र विक्रम बाँनिया,राजस्व शाखा प्रमुख, नगरपालिकाका कर्मचारी का साथै १५ वटै वडाका वडासचिव हरुको सहभागिता रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय