काठमाडौं । चन्द्रागिरि नगरपालिका बलम्वुले भोली (मंसिर १९) गते देखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ गर्न लागेको हो ।

प्रतियोगितामा भलिबल,कब्बडी,एथलेटिक्स र मार्सल आर्ट गरि ४ खेल बिधाहरु रहने आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका,२०७० संशोधन सहित को परिञ्छेद –२,दफा ३ बमोजिम नगरप्रमुखको संयोजकत्वमा १५ सदस्यीय स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गठन कार्तिक २० गतेनै गरिसकेको जानकारी गराइएको हो ।

प्रतियोगिता अन्तर्गत भलिबल बिधाका खेल न्यू डायमन्ड यूथ स्पोटर्स पुरानो नैकाप,कब्बडी त्रिधाका खेल मंगलोदय मा.वि थानकोट,मार्शल आर्ट बिधाका खेल रिब्स स्कुल र एथलेटिक्स बिधाका खेल नैकाप फुटबल ग्राउण्ड र सशस्त्र प्रहरी बल खेल मैदानमा हुनेछन ।

प्रतियोगितामा सामुदायिक १९ र संस्थागत २५,साथै ३ क्याम्पस गरी ४७ बिद्यालयका २ हजार ७२ खेलाडिको सहभागिता रहनेछ । जसमा १ हजार १ सय ४७ छात्र र ९ सय २४ छात्रा रहेका छन ।प्रगियोगितामा ५४ स्वर्ण,५४ रजत र ८० कास्य पदकका लागि भिडन्त हुनेछ ।

प्रतियोगिता अबधिभर खेलाडिको विमा गरिएको र खेलाडि बिद्यार्थीहरुलाई खाजाको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन भोली शुक्रबार बिहान साढे १० बजे नैकाप फुटबल ग्राउण्डमा हुनेछ ।

https://www.facebook.com/share/v/17jwmTgRCN/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय