काठमाडौं । चन्द्रागिरि सुनचाँदी व्यवसायी संघले व्यवसायी र कालिगढहरु लक्षित कर सम्बन्धी जानकारी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
आन्तरिक राजश्व कार्यालय कलंकीको सहकार्यमा संघले सतुंगल स्थित एक पार्टी भेन्युमा शनिबार कार्यक्रम गरेको हो । कार्यक्रममा नयाँ सदस्यता बितरण समेत गरिएको थियो ।गत श्रावण १० गते पुरुषोत्तम सुनारको अध्यक्षतामा चन्द्रागिरि सुनचाँदी व्यवसायी संघ गठन भएको थियो । नयाँ सदस्यता बितरण संगै करिव ८० जना सदस्यरहेको संघका अध्यक्ष सुनारले जानकारी दिए । सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेटमा राज्यले सुनचाँदी तथा हिरामोतीमा विलासिता कर लगाउने निति अनुरुप गत श्रावण १ गतेबाट सुनचाँदी तथा हिरामोतीमा विलासिता कर लागेको छ ।सरकारले सुनमा विलासिता कर लगाएसंगै व्यवसायीहरुमा रहेको अन्यौलता चिर्न कार्यक्रम आयोजना भएको हो र साथै कर किन? के का लागि?समयमानै कर सम्बन्धी धारणा प्रष्ट नहुदाँ बेहोर्नुपर्ने झण्झट र जरिवानाबाट बच्ने उपाएका साथै बिल बिजक चुस्त दुरुष्त पार्न अपनाउनु पर्ने उपाएका बिषयमा प्रशिक्षण दिइएको थियो ।चन्द्रागिरि नगर क्षेत्रमा करिव एक सय भन्दा बढी सुनचाँदी व्यवसायीहरु रहेको र एक सय भन्दा बढीको संख्यामा सुनचाँदी पसलहरु रहेका छन । सुनचाँदी व्यवसायमा चन्द्रागिरि नगरक्षेत्रमा मात्रै १ अर्ब ५० करोड भन्दा बढी लगानी रहेको बताइन्छ ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कलंकीका कर अधिकृत रमाकान्त पौडेलले कर सम्बन्धी जानकारी र प्रशिक्षण दिएका हुन ।

