काठमाडौं । म्यादी प्रहरी बन्नका लागि पौष २५ गते बाट भर्ना खुलेको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी (म्यादी) छनोटका लागि भर्ना खुलाएको हो ।नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकले पौष २५ गते देखि माघ १ गते सम्म आवेदन दिन आह्वान गरिएको छ । १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन । छनौट प्रारम्भ माघ ५ गते देखि ९ गतेसम्म हुने छ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिनेछ । माघ १५ गते देखि माघ २४ गते सम्म तालिम हुनेछ । कार्यअबधी भने नियुक्ति पाएको मितिले ४० दिन हुनेछ । चालिस दिनसम्मको लागि चौतीस हजार सात सय छ्याहत्तर रुपैयाँ तलव दिइनेछ ।पोशाक,आवत जावत र खाजा खर्च समेत उपलब्ध गराइने सुचनामा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी कार्यालय (सबै) मा दरखास्त फाराम पाइने र बुझाउने स्थानहरू तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय