काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान संचालन गरिरहेको छ ।
चैत्र १ गतेबाट सुरु भएको अभियान चैत्र ९ गते सम्म चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ तिनथाना क्षेत्रमा संचालन भएको थियो । मंगलबारबाट भने अभियान चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुरु भएको हो । ‘समयमा नै नसर्ने रोगको जाँच गराऔं,स्वस्थ र दिर्घ जीवन बाँचौं’ भन्ने नारा सहित सुरु भएको अभियान सबै वडाहरु संचालन हुनेछ ।
अभियान अन्तर्गत मधुमेह जाँच,रक्तचाप,मृगौला सम्बन्धी रोगको जाँच साथै उचाई र तौलको अवस्था मापन गरिएको हो । साथै स्वस्थ सम्बन्धी आवश्यक परामर्श दिइएको छ ।चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभियान भएको हो ।
चन्द्रागिरि – १२ स्थित गोकुलपाटी क्षेत्रमा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान अन्तर्गत भइरहेको चेकजाँचका क्रममा चन्द्रागिरि मेट्रोले गरेको स्थलगत रिर्पोट चन्द्रागिरि मेट्रो विशेषमा..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय