काठमाडौं । महिलाको नेतृत्व विकास, अधिकार पैरवी तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका–२ मा विशेष कार्यक्रम सम्पन्न भएको छ।

नेपाल महिला विश्वासी संघको आयोजनामा भएको कार्यक्रममा चन्द्रागिरि–२ का ६१ जना किशोरी तथा महिलाको सहभागिता रहेको थियो।कार्यक्रममा वडा नम्बर २ का जनप्रतिनिधि तथा चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख, कानुन शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखसँग सहभागी महिलाहरूले प्रत्यक्ष संवाद गरेका थिए। उनीहरूले वडा तथा नगरपालिकाका विभिन्न शाखाबाट भइरहेका काम, आगामी योजना तथा महिला र किशोरीहरूले दैनिक जीवनमा भोग्नुपरेका समस्याबारे जिज्ञासा राख्दै आफ्ना धारणा प्रस्तुत गरेका थिए।

    (चन्द्रागिरि–२ मा महिला अधिकार पैरवी कार्यक्रम, ६१ किशोरी तथा महिलाले जनप्रतिनिधिसँग राखे आफ्ना सवाल)

कार्यक्रममा महिला तथा किशोरीहरूलाई आफ्ना अधिकारबारे खुलेर बोल्न, नीति निर्माण तहमा आफ्नो आवाज स्थापित गर्न र सामाजिक विभेदविरुद्ध पैरवी गर्न सक्षम बनाउने विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । युवा महिलाहरूको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता वृद्धि तथा सामाजिक परिवर्तनमा उनीहरूको भूमिका सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

महिला तथा किशोरीका सवाललाई स्थानीय सरकारसम्म प्रत्यक्ष पुर्‍याउने र उनीहरूलाई आफ्ना अधिकारका लागि आफैँ आवाज उठाउन सक्षम बनाउने यस्ता कार्यक्रमले स्थानीय तहमा महिला सहभागिता र नेतृत्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय