(आध्यात्मिक आस्थादेखि सांगीतिक मनोरञ्जनसम्म, मातातीर्थमा भक्तजन र दर्शकको आकर्षण; धर्म, संस्कृति र उत्सवले एकैसाथ तान्यो भीड)

काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आजको साँझ निकै विशेष बन्यो। एकातिर मातातीर्थ कुण्ड परिसरमा भक्तिभावका साथ आमा गंगा आरती भइरहेको थियो भने अर्कोतिर नजिकैको मातातीर्थ फुटबल मैदानमा जारी तेस्रो चन्द्रागिरि तिहार महोत्सवले उत्सवमय वातावरण सृजना गरिरहेको थियो।

मातातीर्थ कुण्ड परिसरमा प्रत्येक महिनाको औँसी साँझ आयोजना हुँदै आएको आमा गंगा आरतीमा ,आरती, भजन र धार्मिक वातावरणले कुण्ड परिसरलाई आध्यात्मिक आस्थाको केन्द्रका रूपमा प्रस्तुत गरिरहेको थियो।

यता, कुण्डको बाहिरी क्षेत्रमा रहेको मातातीर्थ फुटबल मैदानमा जारी तेस्रो चन्द्रागिरि तिहार महोत्सवले आगन्तुकलाई छुट्टै मनोरञ्जन प्रदान गरिरहेको थियो। विभिन्न व्यापारिक स्टल, मनोरञ्जनात्मक खेलकुद गतिविधि तथा राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवस्थलमा उत्साह थपेको थियो।

विशेष कुरा त के भने, एउटै क्षेत्रमा एकातिर धार्मिक आस्था र आध्यात्मिक साधना देखिन्थ्यो भने अर्कोतिर आधुनिक मनोरञ्जन, व्यापार र सांस्कृतिक उत्सवको रौनक। यही विविधताले मातातीर्थलाई आध्यात्मिकता र भौतिक विकासको सुन्दर संगमस्थलका रूपमा स्थापित गरिरहेको अनुभूति हुन्थ्यो।

धार्मिक तथा सांस्कृतिक सम्पदाले परिचित मातातीर्थमा यस्ता गतिविधिले स्थानीय पहिचान प्रवर्द्धन गर्नुका साथै पर्यटन, व्यापार र सामाजिक गतिविधिलाई समेत चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय