पटक–पटकको अनुगमन र निर्देशनपछि पनि सुधार भएन; फोहोर भान्सा, मिठाईमा कृत्रिम रङ र सरसफाइमा लापरबाही भेटिएपछि अधिकारीहरू आक्रोशित

मिठाई पसलेलाई प्रशासनको चेतावनी– ‘कहिलेसम्म खेलवाड गर्ने उपभोक्ताको स्वास्थ्यसँग?’

उपभोक्ताको स्वास्थ्यभन्दा व्यापार ठूलो? मिठाई पसलको अवस्थाले उठायो गम्भीर प्रश्न

काठमाडौं । मिठाई पसलहरूमा पटक–पटक अनुगमन गर्ने, सुधारका निर्देशन दिने तर व्यवहारमा सुधार नदेखिएपछि अनुगमनमा खटिएका अधिकारीहरूले व्यवसायीलाई नै प्रश्न गरेका छन्– ‘तपाईंहरू कहिले सुध्रने?’

चन्द्रागिरि नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीसहित नगरक्षेत्रका मिठाई पसलहरूको अनुगमन गर्ने क्रममा यस्तो प्रश्न उठाएको हो।

अनुगमनका क्रममा मिठाई उत्पादन गर्ने भान्सा फोहोर तथा अव्यवस्थित रहेको, मिठाईमा कृत्रिम रङ प्रयोग गरिएको आशंका तथा सेवा प्रवाहमा समेत सरसफाइ र स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएको विषयप्रति अधिकारीहरूले असन्तुष्टि जनाएका थिए।

यसअघि पनि पटक–पटक अनुगमन गरी आवश्यक निर्देशन दिइएको भए पनि व्यवसायीहरूले सुधार नगरेको भन्दै अधिकारीहरू रुष्ट बनेका हुन्। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य व्यवसायमा समेत सामान्य स्वच्छता र गुणस्तरका मापदण्ड पालना नहुनुले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने अनुगमन टोलीको चासो थियो।

मिठाई पसलमा देखिएको यस्तो लापरबाहीले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षामाथि नै प्रश्न खडा गरेको छ। चाडपर्व होस् वा सामान्य दिन, मिठाई किनेर खाने उपभोक्ताले स्वच्छ र गुणस्तरीय खाद्य सामग्री पाउने अधिकार राख्छन्।

अनुगमन गरेर निर्देशन दिने मात्रै होइन, पटक–पटक गल्ती दोहोर्‍याउने व्यवसायीमाथि कानुनअनुसार कारबाही र नियमित अनुगमन आवश्यक देखिएको छ। आखिर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड कहिलेसम्म?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय