काठमाडौं । प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक बहादुर केसी २०८३ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ “Best Police of The Month” घोषित भएका हुन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले डिएसपी केसीलाई प्रशंसापत्रसहित सम्मान तथा पुरस्कृत गरे ।
नेपाल प्रहरी संगठनबाट प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठा, कर्तव्यपरायणता र सांगठनिक नीतिअनुरूप कुशलतापूर्वक सम्पादन गर्दै शान्ति सुरक्षा कायम राख्न तथा प्रहरी कारबाहीलाई प्रभावकारी बनाउन वृत्त प्रमुखका रूपमा निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
त्यसैगरी, सर्वसाधारण नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्दै आम नागरिकमाझ नेपाल प्रहरी संगठनको गरिमा र प्रतिष्ठा उकास्न पुर्यायको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो।थानकोट प्रहरी वृत्तको नेतृत्व सम्हाल्दै आएका डिएसपी केसीले प्राप्त गरेको यस सम्मानले प्रहरी संगठनभित्र जिम्मेवारीप्रतिको निष्ठा, व्यावसायिकता र सेवाभावको महत्त्वलाई समेत उजागर गरेको छ।

