काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित थानकोटमा बन्ने ‘स्याटेलाइट’ अस्पतालको स्थानको अवलोकनका लागि जर्मन विकास बैँक ( केएफडब्लु)का प्रतिनिधी बिहीबार चन्द्रागिरि आएका हुन ।उनीहरुलाई चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी र नगर प्रवक्ता कृष्णप्रसाद खडगीले स्वागत गरे ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा २५ शैयाको सेटेलाइट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन टेण्डर प्रकृयामा गईसकेको छ । विस्तृत खाका तयार भई टेण्डर प्रकृयामा रहेको अवस्थामा केएफडब्लुको केन्द्रिय कार्यालय जर्मनीको प्रतिनिधिमण्डलले प्रविधिक सहित अस्पताल बन्न लागेको स्थानको अवलोकन गरेको हो ।

टेण्डर प्रकृयामा १७ वटा निर्माण कम्पनीको आवेदन परेको र प्रविधीक मुल्याङ्कन सकेर आउदो अक्टोबर सम्ममा निर्माण प्रकृया सुरु हुने छ ।

https://www.facebook.com/share/v/1E2oodRx6s/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय