काठमाडौं । थानकोट–चित्लाङ्ग सडक निर्माण कार्यमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिमका कारण १४ दिन सडक पूर्णरुपमा बन्द गरिएको हो ।
सडक डिभिजन काठमाडौं अन्तर्रगतको यस सडक खण्डको थानकोट चित्लाङ्ग सडक निर्माण सुधार कार्य संचालन भइरहेकोमा उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुदै सवारीसाधनहरु आवतजावत हुँदा निर्माण कार्यमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले जेठ १७ गते देखि जेठ ३० गते सम्म सडक बन्द गरिएको हो ।
पानीघट्ट देखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रुपमा सडक बन्द हुने भएकोले सवारी आवागमनका लागि उक्त अवधिमा वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन सडक डिभिजन कार्यालय काठमाडौंले चन्द्रागिरि नगरपालिका, बलम्बु र थाहा नगरपालिका मकवानपुर लाई सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

