काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले कलाकारप्रति सम्मान रहेको बताएकाछन ।

उनले ‘कलाकारको कुनै सिमा नहुने भन्दै जिवन्त रुपमा आफुलाई प्रस्तुत गरेर आम नागरिक माझ समाज परिवर्तन र बिषय उजागर गर्दै समृद्ध समाज निर्माण गर्न भुमिका निर्वाह गर्ने कलाकारप्रति सम्मान व्यक्त गर्दछु’ भने । सोमबार चन्द्रागिरि नगरपालिकामा चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष उत्तम केसी सहितको समुहसंगको भेटमा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरक्षेत्रमा धेरै कलाकारहरु बस्ने गरेको र समाज रुपान्तरणमा कलाकारको निक्कै महत्वपूर्ण भुमिका रहने गरेको बताए । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा बनेको कलाकार संघको केन्द्रिय भवनमा भएका प्रविधिक समस्याको समाधानका लागि समन्वय गरिने उनको भनाई छ । उनले नवनिर्वाचित कलाकार संघले उत्साह र उत्कृष्ठताका साथ अगाडि बढनेमा बिश्वास व्यक्त गरे ।

 

नगरउपप्रमुख बसन्ती श्रेष्ठले सबै कलाकारलाई समेटी निर्वाचित संघको कार्यकालको सफलताको शुभकामना दिईन । कलाकारको हकहितका लागि नगरपालिका सकारात्मक रहेको बताउदै उनले आपसी समझदारी र सहकार्यका बिच समस्याको समाधान गरिनेमा जोड दिइन ।

 

संघका नवनिर्वाचित अध्यक्ष उत्तम केसीले कला संस्कृतिको धरोहरको रुपमा रहेको चन्द्रागिरि नगरक्षेत्रमा संघको आफ्नै भवन रहेको र यहीबाटनै आफ्ना कार्य संचालन हुने बताउदै नगरपालिकाको साथ सहयोगको अपेक्षा राखे । आउदै गरेको बजेटमा कलाकार संघलाई पनि सम्बोधन हुनु पर्ने उनको माग छ । साथै नगरपालिकाका बिबिध गतिविधीलाई सम्प्रेशण गर्न आफुहरु प्रतिबद्ध रहेको उनको भनाई छ ।

केहि दिन अघि भएको चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी महिला उपाध्यक्षमा पूजना प्रधान,उपाध्यक्षमा शिवहरि बैरागी,महासचिवमा सुनील कटुवाल,सचिवमा गोपाल ढकाल ,कोषाध्यक्षमा तेजुला खतिवडा,सहकोषाध्यक्ष पदमा पवन केसी विजयी भएका थिए । साथै सदस्यमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान विजयी भएका हुन ।

 

भेटघाट कार्यक्रममा चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का,निबर्तमान अध्यक्ष मोहन निरौलाको पनि उपस्थिती रहेको थियो ।

https://www.facebook.com/share/v/1CiyZXCRkR/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय