काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्वु स्थित बलम्बु स्वास्थ्य चौकीमा जेठ १३ गते बुधबार निः शुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।
आर्थिक बर्ष २०८२/८३ मा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यसञ्चालन मार्गदर्शन वमोजिम चन्द्रागिरि नगरपालिकाको आयोजनामा शिविर संचालन हुनेछ । “महिलाहरुमा हुने स्तन क्यान्सर, अब्स्टेट्रिक फिस्टुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर“ पहिचानका लागि नगरस्तरीय
निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।
३० वर्ष माथिका सम्पूर्ण महिलाहरुले स्वास्थ्य शिविरमा उपस्थित भई सेवा लिनुहुन सार्वजनिक सुचना समेत प्रकाशन गरिएको छ ।शिविर बिहान १० बजे देखि ५ बजे सम्म रहने छ भने नाम दर्ताका लागि दिउँसो २ बजे सम्मको समय निर्धारण गरिएको छ ।
आइतबार चन्द्रागिरि –४ स्थित थानकोट प्राथमिक अस्पतालमा राखिएको निः शुल्क स्वास्थ्य शिविरमा २ सय ४६ जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय