काठमाडौं । चन्द्रागिरि नगरपालिकाले निजी प्रयोगका भूमीगत पानी बोरिङ खन्ने कार्यलाई रोक्का राख्न सार्वजनिक सूचना जारी गरेको छ ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको. हस्ताक्षरमा जारी सुचनामा भनिएको छ –चन्द्रागिरि नगरपालिकाका विभिन्न वडामा हाल अनधिकृत रुपमा भूमिगत पानी वोरिङ गरी व्यापार व्यवसाय गरिरहेको भनी गुनासो प्राप्त भएको, यस नगरपालिका अन्तर्गत मातातीर्थ, मच्छेगाउँ, पानीघाट समेतका पानीका श्रोतहरु संवेदनशील भैगोलिक क्षेत्रमा रहेको र मुहानहरु सुक्दै गएकोले चन्द्रागिरि नगर क्षेत्रभित्र व्यापारिक प्रयोजनको निमित्त हाल विना अनुमति निजी बोरिङहरु खन्न थालेको भनी गुनासो आएको हुदाँ त्यस्ता नयाँ निजी बोरिङ खन्ने कार्यलाई रोक्का राख्न सार्वजनिक सूचना प्रकाशित गर्ने भनी मिति २०८३/०१/२९ गतेको नगर कार्यपालिकाको निर्णयानुसार जानकारी गराइन्छ ।

भूमिगत पानी वोरिङ गरी व्यापार व्यवसाय गरिरहेका हरु यो सुचना देखेर दंग छन । किनभने बर्षौ अघिदेखि अनधिकृत रुपमा भूमिगत पानी वोरिङ गरी व्यापार व्यवसाय गरिरहेका हरुलाई पछिल्लो समय बदलिएको राजनितिक अवस्थाले अब प्रकृतिक श्रोत दोहन गरि गरिएको व्यबसायनै बन्द हुनेपो होकी भन्ने डर थियो । ति व्यबसायी हरुले चाहेकै जस्तो सुचना जारी भएकाले उनीहरु मख्ख पर्नु स्वभाबिकनै हो ।
तर यसै बिषयको बिरुद्धमा बर्षौ देखि आवाज उठाईरहेकाहरु भने निराश भएका छन ।राजनैतिक आवरणमा प्रकृतिक श्रोतको दोहन गरी गरिएका गैरकानुनी व्यबसाय बन्द हुनुपर्ने आवाज उठाइरहेकाहरुले भने यो सुचनालाई कर्मकाण्डी सुचना र व्यबसायीको पानी बेच्ने सेन्टिगेटलाई थप मद्दत पुगेको आरोप लगाएका छन ।
उनीहरु भन्छन सुचना जारी गर्दा शब्दमा खेलियो । अनधिकृत रुपमा भूमिगत पानी वोरिङ गरी गरिएका व्यापार व्यवसाय बन्द गरिने आशयको सुचना जारी हुनु पर्ने नयाँ निजी बोरिङ खन्ने कार्यलाई रोक्का राख्न सार्वजनिक सूचना प्रकाशित भएकाले नियत माथीनै उनीहरुले प्रश्न गरेका छन ।
त्यसोत चन्द्रागिरि नगरक्षेत्र जस्तै मातातीर्थ, मच्छेगाउँ, पानीघाट समेतका पानीका श्रोतहरु संवेदनशील भैगोलिक क्षेत्रमा रहेको र मुहानहरु सुक्दै गएको धेरै भइसकेको छ । यो समस्यामा निजी बोरिङ खन्नी पानीको व्यापार व्यवसाय संचालन र विस्तारीकरणले थप मुहानहरु सुक्दै गए । यस्ता व्यवसाय रोकिन्नु पर्छ भन्दै धेरै पटक सरोकारवालाहरुबिच छलफल चलाइए पनि त्यसले निकास पाउन सकेन । उल्टै पानी व्यापारीहरुले प्रशासन र अधिकार प्राप्त निकायलाई समेत डर धम्की देखाई व्यापार गरिरहे । यस्को पछाडि राजनैतिक संरक्षण नै मुल कारण थियो ।
अहिले भएको राजनैतिक परिवर्तन पश्चात यस्ता गैर कानुनी व्यबसाय बन्द हुने अपेक्षा गरेका स्थानीयहरु भने निराश भएका छन । मातातीर्थ, मच्छेगाउँ, पानीघाट समेतका पानीका श्रोतहरु संवेदनशील भैगोलिक क्षेत्रमा रहेको र मुहानहरु सुक्दै गएकोले त्यस स्थानमा गरिएका निजी बोरिङका साथै प्रकृतिक श्रोत दोहन गरि गरिएका व्यबसाय बन्द गरिने भन्ने शिर्षकका सुचना जारी हुन्छकी भन्ने आशामा रहेका छन ।

