काठमाडौं । नेकपा एमालेले ३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

मदननगर बल्खुमा मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी,र अधिकांश एमाले पदाधिकारी, जनवर्गीय संगठनका नेताहरूको उपस्थित रहेको. थियो ।नेताहरूले मदन आश्रितका योगदानको चर्चा गरे ।एमालेले मदन–आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन ६ दिनअघि नै देशभर सर्कुलर गरेको थियो । देशभर विचार गोष्ठी गर्ने, सञ्चार माध्यममा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेको निर्देशन थियो ।यस्तै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय