काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ ।
सतुङ्गलस्थित एक पार्टी प्यालेसमा आईतबार भएको अधिवेशनले जनार्दन केसीको नेतृत्वमा नयाँ नगर कमिटी चयन गरेको छा ।उप सभापति सहित ३ महिला सदस्य निर्बिरोध चयन भएको अधिवेशनमा अन्य पदका लागि भने निर्वाचन भएको हो ।उपसभापतिमा करुणा श्रेष्ठ र सदस्यमा कमला नेउपाने,सुधा कार्की र देवकी थापा रायमाझी निर्बिरोध निर्वाचित भए ।
सभापति पदमा जनार्दन केसीले १५३ मत सहित विजय हासील गरे । सभापति पदकै लागि उम्मेदवार बनेका मधुकर बस्नेतले ५० मत पाए । यस्तै सचिव पदका लागि ३ जना चुनावी मैदानमा थिए । निक्कै प्रतिष्पर्धात्मक मत परिणामका बिच मन्दिरा थापा ९५ मत सहित विजयी भइन भने अर्का उम्मेदवार भरत आचार्यले ९३ मत पाए,दिल कुमार कार्कीले १० मत प्राप्त गरे ।
सह सचिवमा ज्ञानदास महर्जन १२९ मत सहित विजयी भए । उप सचिवका अर्का उम्मेदवार विरदास तामाङ्गले ७२ मत पाए । सदस्यहरुमा मनोज घिमिरे १६२, किरण पुरी ११२,अनोज थापा ११२,पूर्ण बहादुर महर्जन ११९,तिर्थराम खत्री १२० र हिरामणि अधिकारी १३८ मत सहित विजयी भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय